कावासोती: जिल्ला प्रशासन कार्यालय नवलपुरले बैशाख ३० गते सम्म अत्यावश्यक बाहेकका सेवाहरू बन्द रहने जनाएको छ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कार्यालयका कर्मचारीहरु खटिएकाले आजैदेखि कार्यालयवाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा ३० गतेसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी गराउनुभयो।
साथै बैशाख ३१ गते शनिवार, जेठ १ र २ गते सार्वजनिक विदा परेकोले जेठ ३ गतेदेखि सेवा प्रवाह सुचारु हुने प्रशासनले जनाएको छ। विद्युतीय राहदानी प्रयोजनका लागि अनलाईन बुकिङ्ग सेवा जेठ ३ गते मंगलवार विहान ९:१५ बजे खुल्ने छ।
त्यसपछि प्रत्येक हप्ता सोमबार र शुक्रवार विहान ९:१५ बजे खुल्ने प्रशासनले जानकारी गराएको हो।