२०८१ आश्विन १०, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको एक मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

२०७९ बैशाख २७, मंगलबार प्रकाशित ( साल अघि) ७७९ पाठक संख्या

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नवलपुरको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्माका अनुसार कावासोती नगरपालिका ३ स्थित दिपज्योती आधारभूत विद्यालय (ख) मा  मतदान अधिकृतदेखि सहयोगीसम्मका महिलालाई खटाइएको हो ।

शर्माले दिनुभएको जानकारी अनुसार उक्त मतदान केन्द्रमा खटाइएका पाँच जना महिला कर्मचारीहरूमा एक जना घरेलु तथा साना उद्योग कार्यालयबाट र चार जना जिल्ला अदालत नवलपुरबाट रहनुभएको छ ।

मतदान अधिकृत शान्ति गुरुङ  , सहायक मतदान अधिकृत राधिका सापकोटा ( घरेलु तथा साना उद्योग कार्यालय  नवलपुर ) सहायक कर्मचारी रचना ढुङ्गाना , सहायक कर्मचारी सुस्मिता पंगेनी र  कार्यालय सहयोगी जीवकला केसी पराजुली  गरेर पाँच जना सबै महिला कर्मचारी नै खटाइएको शर्माले जानकारी दिनुभयो ।

निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको उहाँको भनाई छ । विगतमा भएका निर्वाचनमा समेत नमुना कार्य अन्तरगत महिलामैत्री मतदान केन्द्र हुन गरेका थिए । गत निर्वाचनमा शिव मावि कावासोती दुईमा महिला कर्मचारी मात्रै खटाइएको थियो । नवलपुरमा स्थानीय तह निर्वाचनका लागि  १ सय १३ मतदान केन्द्र छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस