२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

महिलाको हकहितका लागि लड्ने छु : अध्यक्ष पदकी उम्मेदवार पुन

२०७९ बैशाख २७, मंगलबार प्रकाशित ( साल अघि) ८४० पाठक संख्या

मिना कंडेल
नवलपुर , बैशाख ।
 स्थानीय निर्वाचन आउँन केहि दिन बाँकी रहदा घरदैलो अभियानलाई उम्मेदवारले तिव्र बनाई रहेका छन् । आफ्नो आफ्नो एजेण्डा र प्रतिबद्धतापत्र अनुसार मत माग्न उम्मेदवारलाई भ्याईनभ्याई रहेको छ । प्रमुख पदका उम्मेदवार सहित वडाध्यक्ष र सदस्यहरु मतदातालाई रिझाउन व्यस्त छन् ।

यसैक्रममा गठबन्धनका उम्मेदवारहरु कावासोतीनगरमा अभियान जारी राखेका छन् । कावासोती वडा नं ३ मा महिला वडा अध्यक्ष पदका उम्मेदवार रहनु भएको छ । कावासोतीका १७ वडा मध्य वडा नं ३ मा महिला अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ।

महिलाविरुद्धको हिंसा कुटपिट, हत्या, यौन हिंसा र बलात्कारका घटना बढि हुने भएकाले यस घटनालाई न्युनिकरण गर्न लागि पर्नै कावासोती वडा नं ३ का वडाध्यक्ष पदका उम्मेदवार निलु पुनले बताउनु भयो ।  महिलाका हकहित को साथैे शिक्षा , स्वास्थ्य, भौतिक पूर्वाधारको विकास गर्नै र सामाजिक आर्थिक विकासमा हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।

राजनीतिक क्षेत्रमा पनि संविधान र कानुन मिच्ने काम भएको छ। ऐन कानुनका लुपहोलहरूको प्रयोग गरी महिलाको अधिकारलाई संकुचित गर्ने प्रयासविरुद्धमा पनि पार्टीका महिलाले आवाज उठाउन नसक्नुका कारणले पनि महिला पछाडि पर्नै गरेको हुदा आफु सबैको हितका लागि उम्मेदवारी दिएको बताउनु भयो।

स्थानीय निर्वाचनमा कुनै पार्टीले बहुमतको विश्वास प्राप्त गरेको आधारमा सरकार चलाउन पाउने व्यवस्था गरिएको छैन। जो जो जित्छन् उनीहरू नै मिलेर स्थानीय सरकार चलाउने व्यवस्था गरिएको छ । राजनीतिक पार्टीबीच विभिन्न गठबन्धन बनेका छन्। यसले प्रत्यक्ष वा परोक्ष रूपमा राजनीतिमा महिला सहभागिताको विषयमाथि चुनौती खडा गरिदिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस