२०८१ आश्विन १०, बिहिबार
नयाँ
पछिला अपडेट

पूर्वी नवलपरासीका मतगणना स्थलमा तारजाली

२०७९ बैशाख २७, मंगलबार प्रकाशित ( साल अघि) ५६२ पाठक संख्या

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीका ८ वटै पालिकाका मतगणना स्थल सुरक्षाका लागि तारजाली लगाइएको छ । स्थानीय तहको निर्वाचनपछि मतगणना गर्ने स्थलमा सोमबार तारजाली लगाइएको हो ।

 

आठवटै पालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका ठूला कोठामा तारजाली लगाइएको हो । मतगणना स्थलको सुरक्षाका लागि कर्मचारी र उम्मेदवारका प्रतिनिधिबाहेक अरुलाई प्रवेश निषेध गर्न र सुरक्षा व्यवस्था कडा पार्न तारजाली लगाइएको हो । मतगणना स्थलमा सीसी क्यामेरा पनि जडान गरिएको छ ।

 

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले मतपेटिका ल्याइएपछि राख्ने स्थल र गणनास्थलको विशेष सुरक्षाका लागि निर्वाचन आयोगको निर्देशनअनुसार व्यवस्था भइरहेको जानकारी दिए ।

सबै पालिकामा मतगणना सकिएपछि पालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मत पेटिका ल्याउने र गणना गर्ने व्यवस्था मिलाइएको छ ।

२०७४ सालको निर्वाचनमा चितवनको भरतपुरमा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका कारण यसपटक सुरक्षा व्यवस्था कडा पार्न मतगणना स्थलमा तारजाली र क्यामेरा जडान गर्नु परेको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस