कोल्हुवा । नेपाली कांग्रेस मध्यविन्दु वडा नम्बर २ ले मोटरसाइकल र पैदल सहितको र्याली निकालेको छ । मध्यविन्दुमा २ का वडा अध्यक्षका उम्मेदवार नारायण पौडेलको नेतृत्वमा आज वडाका विभिन्न टोल टोलमा र्याली निकालेको हो ।
कोणसभामा बोल्दै युवानेता श्रेधर शर्माले कोहि पनि कसैको भ्रममा नपर्न आग्रह गर्दै । शर्माले खुलेआम चुनावी युद्ध जितिसकेको संकेत गरेका छन् । उनले आजको जनमानस देख्दा ३०० भन्दा बढि मतले चुनाव जित्ने दाबी समेत गरे ।
त्यस्तै र्याली पश्चात् भएको कोणसभामा अध्यक्षका उम्मेदवार पौडेलले यसपाली पनि निर्वाचनमा कांग्रेसको विजय निश्चित भएको बताए । उनले स्थानीयहरुलाई वडाको समग्र बिकास र समुन्नत वडा नम्बर २ बनाउनका लागि स्थानीयलाई कांग्रेस रोज्न आग्रह गरे ।
र्यालीमा आएका नेता कार्यकर्ताको जनमानस हेर्दा कांग्रेसको पक्षमा चुनावी माहोल गएको प्रष्ट देखिएको त्यहाँका स्थानीयहरुले बताए ।
कोणसभामा नेपाली कांग्रेसका युवा नेता श्रीधर शर्मा, मध्यबिन्दु नगर उपमेयरको उमेरद्वार टीका कुमारी महतो ,गण्डकी प्रदेशको प्रतिनिधि आश्मा पुन, क्षेत्रिय सदस्य गुनाखर चापागाई, क्षेत्रिय प्रतिनिधि रोमु बोहरा लगायतका नेता तथा कार्यकर्ता , वडा सदस्यमा जामुन राम महतो , तिलक राम थनेत , अन्जना महतो र नरर्बदा परियारको उपस्थिति रहेको थियो ।