२०८१ आश्विन १०, बिहिबार
नयाँ
पछिला अपडेट

विनयीत्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा कला भुजेलप्रति मतदाताको जनलहर बढ्दै

२०७९ बैशाख २७, मंगलबार प्रकाशित ( साल अघि) १०९९ पाठक संख्या

चोरमारा  ।  नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार कला भुजेलप्रतिको जनलहर बढ्दै गएको छ ।

स्थानीय निर्वाचान आउन ३ दिन बाँकी रहँदा पालिकामा जितका लागि गठबन्धनतर्फबाट तीव्र प्रचारप्रसारसहित घरदैलो कार्यक्रमहरु भई रहँदा भुजेलप्रति मतदाताहरुको रुझान देखिएको हो ।

Received_367762888705411

स्थानीय निर्वाचन २०७४ मा दोस्रो भएको नेकपा माओवादी केन्द्र र तेस्रो भएको नेपाली काँग्रेसले संयुुक्त भएर वैशाख ३० गते हुने निर्वाचनका लागि अन्य पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैगर्दा नवलपुरमा गठबन्धन बलियो भएको विनयीबासीको आँकलन रहेको छ । जसमा बलियो उम्मेदवारको रुपमा उपाध्यक्ष पदकी उम्मेदवार भुजेलको चर्चा चुलिँदै गएको छ ।

भुजेलको उम्मेदवारी बलियो हुनुमा गठबन्धनसँगै उनको व्यक्तिगत स्वभाव पनि हो । सरल स्वभावकी भुजेल मिलनसार र उनले अग्रजहरुलाई दिने सम्मानले उनी लोकप्रिय बन्दै गएकी हुन् ।

Received_311475247806260

चुनावी प्रचारप्रसारमा विनयी त्रिवेणीका सबै वडामा घरदैलो गरिरहँदा उनले जनतासँग आफ्नो लागि भोट माग्नुभन्दा जनताका समस्या के छन् ? भनी बढी साध्ने गरेकीछन् । विनयी बासीसँग भोट माग्दै गर्दा अरुलाई गाली गर्नु भन्दा आफूले के गर्न सकिन्छ ? भन्ने कुरामा आफुले जोड दिने गरेको उनको भनाइ छ ।

‘विनयी त्रिवेणीगाउँपालिकाको विकासका लागि सबै खजुरा विनयी ठूलो सहयोग रहेको छ, उनले भनिन्–‘चाहे त्यो विनयीमा बाटोघाटो बनाउन होस् वा कुनै अरु कामहरु । विनयी विकासका कामहरु हुँदै गर्दा हाम्रा जनप्रतिनिधिले कति गुणस्तरीय काम गरे भनेर नियाल्न पनि जरुरी रहेको छ । मेरो उम्मेवारी भनेको त्रिवेणी गाउँपालिकामा हुने हरेक कामलाई गुणस्तरीय बनाउनु हो ।’ भुजेल पालिकामा हुने सडक पूर्वाधारदेखि सामाजिक कामहरुलाई गुणस्तरीय बनाउन जोड दिन्छिन् ।

Received_393421259357324

बिनयीत्रिवेणी गाउँपालिकामा सामाजिक हिसाबले विभिन्न धर्मका मानिसहरुको बसोबास भएको स्थान हो । विशेषगरी हिन्दू समुदायको बाहुल्यता रहेको बिनयीत्रिवेणीमा सामाजिक सद्भाव र समावेशी तरिकाले बसोबास गरेका गाउँहरु धेरै रहेका छन् ।

उपाध्यक्षकी उम्मेदवार भुजेल बिनयीत्रिवेणीमा भएका सबै धर्मका व्यक्तिहरुलाई प्रतिनिधित्व हुने उम्मेवारका रुपमा पनि परिचित छिन् । सामान्य घरपरिवारबाट प्रतिनिधित्व गरेकी भुजेलको राजनीतिक यात्रा गाउँदेखि सहरसम्म चुलिएको छ ।

Received_577174057163931

मानिसका दुःख, पीडा, आवश्यकता, सामाजिक परिवर्तन, जनताका हकअधिकारलाई नजिकदेखि बुझेकी भुजेलको गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी सार्थक नै देखिन्छ ।

भुजेल पालिकामा रहेका हरेक जनताले स्थानीय सरकारबाट पाउनु पर्ने सेवासुविधा समान पाउनु पर्ने धारणा राख्छिन् । उनी भन्छिन्–‘पालिकाले जनतालाई दिनुपर्ने हरेक सेवा सुविधामा जनताको पहुँच हुनुपर्छ । सबैलाई समान व्यवहार गर्नु पर्छ । तर, कतिपय अवस्थामा मानिसका अति आवश्यक कुराहरुलाई मध्यनजर गरेर पनि काम गर्नु पर्ने हुन्छ ।’

Received_370132551824219

भुजेलले बिनयीत्रिवेणीमा जनतालाई हेर्ने दृष्टिकोणमा जनप्रतिनिधिको समानता हुनुका साथै पालिकाको विकासका लागि दीर्घकालीन योजना र जनताको स्तरोन्नतिका लागि आफूले निर्वाचित भएपछि काम गर्ने बताउछिन् । काम गर्नका लागि भिजन र मिसन हुनु पर्नेमा उनको स्पष्ट दृष्टिकोण रहेकोछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%५%२%१%१%

प्रतिक्रिया दिनुहोस