२०८१ आश्विन १०, बिहिबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीले दोस्रो डिप बोरिङ निर्माण, ३ हजार जनता लाभान्वित

२०७९ बैशाख २८, बुधबार प्रकाशित ( साल अघि) १०४७ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर २ कोल्हुवामा खानेपानी आयोजनाको दोस्रो डिप बोरिङ कार्यको शुभारम्भ भएको छ । एक घर एक धारो योजना अन्तर्गत एक कार्यक्रमका बिच खानेपानीका अध्यक्ष श्रेधर शर्माले शुभारम्भ गर्नुभएको हो ।

कोल्हुवा बासीमा आवश्यक पर्ने खानोपनीको समस्या समाधान गर्न बोरिङ प्रबिधिबाट जमिन मुनीको पानी निकाल्ने प्रयास गरिएको छ ।

Received_1820787751462217

मध्यविन्दु नगरपालिका वाड नम्बर १ , २ र ३ मा आवश्यक पर्ने खानेपानीमा आत्मनिर्भर हुन कोल्हुवा खानेपानी उपभोक्ता समितिले गण्डकी प्रदेश सरकारको सहयोगमा भारतीय प्राविधिक सहितको टोलीमार्फत जमिन मुनीको पानी निकाल्ने प्रयासमा बुधबार सफलता मिलेको हो ।

कोल्हुवा खानेपानीले विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १,२ र ३ मा पर्ने कोल्हुवामा रु ३० लाख करिब लागतमा डिप बोरिङ निर्माण गरिएको छ ।

शर्माका अनुसार कोल्हुवा क्षेत्रका जनतालाई खानेपानीको समस्या हुन नदिने उद्देश्यका साथ डिप बोरिङ निर्माण गरिएको जानकारी दिए । ‘डिप बोरिङ गरिएको पानीलाई प्रशोधन गरेर पिउनयोग्य बनाउँछौँ”, उनले भने । यसअघि उक्त क्षेत्रमा खानेपानीको वितरण हुँदै आएको थियो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुले ठेक्का प्रक्रियाबाट काम सुरु भएको हो । बोरिङ्गको लागि समितिको अध्यक्ष सहितको टोलि प्रदेश र संघिय सरकार समक्ष बजेटको लागि प्रदेश मुख्यमन्त्री र संघीय खानेपानी मन्त्री उमाकान्त चौधरी लगायतलाई भेटेर आफ्नो माग राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस