२०८१ आश्विन १०, बिहिबार
नयाँ
पछिला अपडेट

कुमारवर्ती माध्यमिक विद्यालयमा उत्साहजनक रुपमा मतदान जारी (फोटोफिचर)

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित ( साल अघि) ५७५ पाठक संख्या

चोरमारा । आज देशभरि स्थानीय तह निर्वाचन एकै चरणमा भैरहेको छ । सरकराले निर्धक्क भइ मतदान गर्न आम मतदाताहरुलाई अपिल गरेको छ । नवलपुमा पनि उत्साहजनक रुपमा मतदान सुरु भएको छ ।

नवलपुरका सबै मतदान केन्द्रमा बलियो सुरक्षा प्रवन्ध गरिएको छ । मतदाताहरुले आ–आफ्ना मतदान केन्द्रबाट मतदान गरिरहेका छन् । नवलपुरका सबै मतदान केन्द्रमा ठूलो लाईन देखिएको छ ।

 

त्यस्तै, कुमारवर्ती माध्यमिक विद्यालयको मतदान केन्द्रमा पनि उत्साहजनक रुपमा मतदाताहरुको सहभागिता देखिएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदाताहरुले मत खसाल्ने काम जारी राखेका छन् ।

मध्यविन्दु नगरपालिका वाड नम्बर: २ मा  कुल २ हजार  ९ सय  २९ मातदाता रहेको कुमारवर्ती माध्यमिक विद्यालयको मतदान केन्द्रमा बिहान ९:३० बजेसम्म २ सय ५५ मत खसिसकेको थियोे ।

नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकाले आफ्ना परिचय खुल्ने नेपाली नागरिकता, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्रसमेत सक्कलै साथमा लिई मतदानस्थलमा आउन यसअघि नै आयोगले अपिल गरिसकेको छ ।

 

20220513_080136_compress55

20220513_080133_compress76

20220513_081626_compress83

20220513_081625_compress10

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस