२०८१ आश्विन १०, बिहिबार
नयाँ
पछिला अपडेट

स्थानीय तह निर्वाचन अपडेट : मतदानको निर्धारित समय सकियो

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित ( साल अघि) १२२१ पाठक संख्या

नवलपुर , बैशाख ३० ।  । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको समय सकिएको छ । आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो ।  सो समय सकिए पनि ५ बजेभन्दा अघि मतदान केन्द्रमा प्रवेश गरेका सबै मतदाताले मतदान गर्न पाउने छन् ।

शुक्रबार ७७ जिल्लाका ७५३ पालिकामा चुनिने ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि मतदान भएको हो  उम्मेदवारी दिएकामध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् भने बाँकी प्रतिनिधि छान्न मतदाताले मत दिएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि १ लाख ४५ हजार ११ उम्मेदवारी दिएका थिए ।  १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना योग्य मतदाता रहेको आयोगको तथ्यांक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस