२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाकोट–१ मा कांग्रेसका सुरेन्द्र रेग्मी निर्वाचित

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) ११९३ पाठक संख्या

कावासोती । गैँडाकोट १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका सुरेन्द्र रेग्मी विजयी हुनुभएको छ । रेग्मीले ४४ मतले विजयी हासिल गरेका छन् । नेकपा एमालेका उम्मेद्वार ध्रुव अधिकारीले १४३१ मत प्राप्त गर्नुभएको थियो भने सुरेन्द्र रेग्मीले १४७२ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा सिता सापकोटा विजयी हुनुभएको छ । उहाँले १५२७ मत प्राप्त गर्नुभएको छ । यसैगरी उहाँको प्रतिद्धन्दी सिता लम्सालले १२६२ मत ल्याउनुभएको छ ।

दलित सदस्यमा काँग्रेसकी उम्मेद्वार प्रेमकुमारी विक, खुला सदस्यमा काँग्रेसका लक्ष्मी चालिसे र राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेद्वार चेलीमाया सारुमगर विजयी हुनुभएको छ । मगरले सूर्य चिन्हमानै निर्वाचनमा होमिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस