चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं २ मा नेकपा एमालेका उम्मेद्वार बिजयी भएका छन् । चुनावी मैदानमा रहेका नेकपा एमालेका रामभक्त अधिकारि वडा अध्यक्षमा बिजयी भएका हुन् ।
बिजयी टिमले चनौलीमा विशाल बिजयी उत्सव-र्याली निकालेका छन् । नेपाली कांग्रेसको उम्मेद्वार नारायण पौडेललाई पछि पार्दै नेकपा एमालेको टिम बिजयी भएको हो ।
कूल २ हजार ३१ मत खसेको मध्यविन्दु २ मा एमालेले जित हाँसिल गरेको छ । नेपाली कांग्रेसका उम्मेद्वार पौडेललाई फराकिलो मतान्तरले जितेका हुन् । पौडेले ९२४ मत प्राप्त गर्दा एमालेका अधिकारीले १००४ मत पाएका छन् ।
एमालेका अधिकारीले कांग्रेसका पौडेललाई ८० को मतान्तरले हराएका हुन् । नेपाली कांग्रेसको टिमबाट एक जना सदस्यमा परेका छन्, भने एमालेका तीन सदस्य वडामा बिजयी भएका छन् ।