२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

कक्षा-१२ को परीक्षा आजदेखि

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित ( साल अघि) ७६१ पाठक संख्या

काठमाडौं । कक्षा-१२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ ।

बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

योपटक पनि परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस