२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

नक्कली नेपाली नोटसहित तीन जना पक्राउ

२०७९ जेष्ठ २२, आईतबार प्रकाशित ( साल अघि) १३२२ पाठक संख्या

काठमाडौं – दुरपश्चिमको धनगढीबाट अवैध नक्कली नेपाली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट एक हजार दरका ३८ थान नक्कली नेपाली नोटसहित तीन जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।

नक्कली नोट कारोबारमा संलग्न धनगढी उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सोही उपनगरपालिका–२ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनगढीका अनुसार, उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोटसहित रंगेहात पक्राउ गरेको थियो ।

थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस