चितवन — पूर्वी चितवनको पिप्लेमा गाउँ छिरेको बाघले आक्रमण गर्दा शुक्रबार बिहान एकजना स्थनीय घाइते भएका छन् । बाघले एउटा भैसी दुईवटा बंगुर मारेको र एउटा गाई घाइते बनाएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाघको आक्रमणमा परेर राप्ती नगरपालिका–१ पिप्ले डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर वाइबा तामाङ घाइते भएका छन् ।
घाइते वाइबाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । इन्द्रबहादुरको अनुहार र घाँटीमा चोट छ । उनी बोल्न भने सकेका छन् । सो बाघले पिप्लेका सुकबहादुर थिङको एउटा भैंसी र सुकमाया तमाङको दुईवटा बंगुर पनि मारेको डिएसपी अधिकारीले जानकारी दिए । जितबहादुर थिङको गाइलाई घाइते बनाएको छ ।