काठमाडौ । शुभ अवसर ग्राम नेपालले लैङ्गिक हिंसा नियन्त्रण संजाल काठमाडौलाई रु तीस हजारको आर्थिक सहयोग गरेको छ ।
सोमबार काठमाडौ जिल्ला प्रहरी परिसरमा आयोजित एक कार्यक्रमको बिचमा शुभ अवसर ग्राम नेपालकि कार्यकारी निर्देशक सिस्टर एन्थोनियाले प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहरालाई प्रदान गर्नु भएको हो ।
कार्यक्रममा शुभ अवसर ग्राम नेपाल का कार्यक्रम व्यवस्थापक बिकास ढुंगानाले नेपाल प्रहरी र सामाजिक सस्थाहरुको सहकार्यले मात्रै समाजमा ब्याप्त अपराध न्यूनीकरण हुने र मानव बेचबिखन जस्ता जघन्य अपराध बाट बालिका किशोरी जोगिन सक्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले नेपाल प्रहरी लैङ्गिक हिंसा रोक्न प्रयत्नशील रहेको र सामाजिक सस्थाहरुको सहकार्य निरन्तर हुनु पर्ने बताउनु भयो । कार्यक्रममा काठमाडौ जिल्लाका १४ प्रहरी बृत्त अन्तर्गत रहेको महिला बालबालिका शाखा प्रमुखहरुले काम गरेको स्थान को अनुगमन आवश्यक रहेको र शहर भित्रै बेचबिखनको घटना बढ्दै गएको बताएका थिए त्यसैगरी शहरका नाकाहरुमा सबैले निगरानी बढाउनु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी प्रहरी निरीक्षक सपना खड्काले सस्थाहरु सङ समन्वय रहेको र आउने दिनहरूमा सामाजिक सस्था र प्रहरी मिलेर सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड दिनु भएको थियो । शुभ अवसर ग्राम नेपालकि हिमा बोहराले सस्थाको प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा सिस्टर एन्थोनिया, ब्लु डाइमन्ड सोसाइटीकि पिन्की गुरुङ , अधिवक्ता भिम धिमाल लगायतले मन्तव्य राखेका थिए ।
लैङ्गिक हिंसा नियन्त्रण संजाल नेपाल प्रहरीको नियमावली २०७१ अनुसार प्रहरी बाट गठन भएको संजाल हो । संजाल ले लैङ्गिक हिंसा प्रभावितहरुको सहयोगको लागि कोषको स्थापना गरेको छ ।