२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

बागलुङमा डेंगुका दुई बिरामी भेटिए

२०७९ अषाढ २८, मंगलबार प्रकाशित ( साल अघि) ८४१ पाठक संख्या

बागलुङ : जिल्लामा डेंगुका दुई बिरामी फेला परेका छन्।

धौलागिरी अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि भएको प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

संक्रमित शनिबार र आइतबार अस्पताल भर्ना भएका हुन्। संक्रमित बागलुङ नगरपालिका वडा नम्बर ७ र ९ हुन्। बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।

उच्च तापक्रम रहेको ठाउँमा पाइने एडिच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने भएकाले सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने भएकाले खाल्टाखुल्टी पुर्न र लक्षण देखिनासाथ स्वास्थ्य संस्था जान डाक्टर पोखरेलले आग्रह गरे।

थाहा खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस