२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

महिनावारी तथा सरसफाइ सम्बन्धी अभिभुखिकरण कार्यक्रम सम्पन्न

२०७९ अषाढ ३१, शुक्रबार प्रकाशित ( साल अघि) ९४५ पाठक संख्या

काठमाडौं । अपांगता भएका व्यक्ति तथा प्रभावित परिवारहरूलाई लक्षित गर्दै महिनावारी सम्बन्धी दिइएको १ दिने अभिभुखिकरण कार्यक्रम पर्सामा सम्पन्न भएको छ ।

वि नेपाल ( हामी नेपाल ) को आयोजना तथा बियर अर्थ सिआइसि युकेको आर्थिक सहयोगमा पर्सा जिल्लाको जिरा भवानी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागीहरूलाई महिनावारीको समयमा गर्नु पर्ने विशेष सरसफाइ, आफ्नो हेरचाह तथा शरीरमा देखा पर्ने प्रकृयाको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा वि नेपालकी संस्थापक अध्यक्ष साबु पौडेलले परियड प्यान्टीको प्रयोग बारे जानकारी दिनु भएको थियो । पौडेलले यस प्रकारको पिरियड प्यान्टी अपांगता भएका व्यक्ति तथा अरु जनसाधारणलाई पनि एकदमै महत्वपूर्ण रहेको बताउनु भयो । सहभागीहरूले महिनावारी सम्बन्धी जानकारी पहिलो पटक पाएको मा उइ नेपाललाई धन्यवाद दिएका थिए ।

करिब ३ घण्टाको कार्यक्रममा सहभागीहरूले महिनावारी भएको वखत घर परिवारबाट सहयोग पाएको र जीरा भवानी गाउँपालिका मै यसै सम्बन्धी थप जानकारी अरुलाई पनि दिनु पर्ने बताएका थिए । जिरा भवानी गाउँपालिकामा अपांगता भएका व्यक्ति तथा प्रभावित परिवारहरूलाई लक्षित गर्दै उई नेपालले आर्थिक उपार्जनको लागि सीप मूलक तालिम दिदै आइरहेको छ ।

स्थानीय महिलाहरूको सीप क्षमता बढाउन तथा आर्थिक रुपमा सशक्त बनाउन सीप मूलक तालिम आवश्यक रहेको जिरा भवानी गाउँपालिका वार्ड १ का अध्यक्ष रामशरण खवास बताउनु हुन्छ । खवासले वार्डबाट सीप विकासको लागि महिलाहरूलाई तालिम दिइने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल विओपि सेढवाका सशस्त्र प्रहरी निरीक्षक केदार राईले महिलाहरू आर्थीक रुपमा सक्षम भए आत्मविश्वास बढेर आउने बताउनु भयो । स्थानीय समाजसेवी प्रकाश चौधरी थारू को सक्रियतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस