कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा साउन २ गते देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लागेको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को चौथो त्रैमासिक मासिक भत्ता बैंक मार्फत वितरण गर्न लागीएको सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले सूचना मार्फत जानकारी दिनुभयो ।
सिटिजन्स बैङ्कको कार्यालय कोल्हुवाबाट साउन २ गतेदेखि साउन १३ गतेसम्म वडागत रुपमा भत्ता वितरण गरिने भएको छ ।
बैंकले साउन २,३,४ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर २ का लाभग्राहीहरुलाई बितरण गरिने छ । जसमध्ये नन्दपुर र सेहेरीको लागि सीतापुरमा भुक्तानी शिविर सञ्चालन हुने सिटिजन्स बैङ्कले जनाएको छ । त्यस्तै राधाकृष्ण टोलमा पनि शिविर सञ्चालन गरिने छ ।
साउन २ गते :- नन्दपुर र सेहेरीको लागि सीतापुरमा भुक्तानी शिविर सञ्चालन हुने
साउन ३ गते :- राधाकृष्ण टोलमा पनि शिविर सञ्चालन हुने
साउन ४ गते :- कोल्हुवा र चनौली टोल
त्यस्तै साउन ५ ,६ र ७ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर १ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ ।
साउन ५ गते :- सेतापानीमा भुक्तानी शिविर सञ्चालन हुने
साउन ६ गते :- पतवारी
साउन ८ गते :- गुणचरी, अभियोन
पतवारी, गुणचरी, अभियोनका लाभग्राहीहरुलाई भने बैङ्कबाट नै भुक्तानी हुने सिटिजन्स बैङ्कले जनाएको छ ।
त्यस्तै साउन ९ ,१० गते मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ का लाभग्राहीहरुलाई बैंक बाटै भक्ता उपलब्ध गराईने जनाईएको छ ।
साउन ९ गते :- ईटौरा र लेढा
साउन १० गते :- रतनपुर ब्रह्मस्थान
त्यस्तै साउन ११,१२,१३ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का लाभग्राहीहरुलाई बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लागेको हो ।
साउन ११ गते :- घुम्पुरा
साउन १२ गते :- पनौती
साउन १२ गते :- मदनपुरको बुद्धचोकमा भुक्तानी शिविर सञ्चालन हुने ।
त्यसैगरी बैंकमा आउन नसक्ने ,अशक्त ,अपांग, बिरामी, ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई लाभग्राहीहरुलाई भत्ता वितरणगरिने भएको हुँदा घरपरिवारको व्यक्तिले बैंकमा सम्पर्क गरी भत्ताको कार्ड र चेक बुक उपलब्ध गराईदिनुहुन समेत बैंकले सम्बन्धित वडालाई आग्रह गरेको छ । हेर्नुहोस् सूचना !!