२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागुऔषध सहित एक जना पक्राउ

२०७९ अषाढ ३१, शुक्रबार प्रकाशित ( साल अघि) ७३२ पाठक संख्या

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

विहीबार दिउँसो प्रहरी चेकजाँचको क्रममा कावासोती १६ अर्थात चोरमारा डण्डा बीच जंगलमा पर्ने ४० किलो भन्ने जंगलमा लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ७ ख ६५४ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ बस्ने बर्ष २९ को जगत थापालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट डाइजेपाम–१४० एम्पुल, नुफिन–१४०एम्पुल, फेनारागन–१४० एम्पुल, नाइट्राभेट १५ ट्याबलेट लागुऔषध बरामद गरी नियन्त्रणमा लिई कानुन वमोजिम अनुसन्धान भईरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस