२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

पोखरामा साढे दुई लाख रुपैयाँ सहित जुवाडे पक्राउ,

२०७९ अषाढ ३२, शनिबार प्रकाशित ( साल अघि) ८३९ पाठक संख्या

पर्वत : कास्कीको पोखरा महानगरपालिका–८ न्यूरोडमा जुवा खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन्।

न्यूरोडका नवीन गौचनको घरमा शुक्रबार जुवा खेलिरहेको सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले नगद दुई लाख ५३ हजार पाँच रुपैयाँ सहित छ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–३ घर भई पोखरा–८ मा ३२ वर्षीय नवीन गौचन, थासाङ–३ नै घर भई पोखरा महानगरपालिका–८ पृथ्वी चोकमा बस्ने ५४ वर्षीय सोमत तुलाचन, र पोखरा–२ अर्चलबोटका ५३ वर्षीय विराट केसीलाई पक्राउ गरिएको हो।

यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ घर भई हाल जिल्ला कास्की पोखरा–८ न्यूरोड बस्दै आएका ४९ वर्षीय कबिन तुलाचन, पोखरा–११ फूलबारीका ४६ वर्षीय अमित गुरुङ र पोखरा–१२ फूलबारी बस्ने ४५ वर्षीय नरकाजी गुरुङ पनि पक्राउ परेका छन्।

उनीहरूका विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस