२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

३४ इन्सपेक्टर डिएसपीमा बढुवा हुँदै

२०७९ श्रावण २, सोमबार प्रकाशित ( साल अघि) २५३ पाठक संख्या

काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले ३४ जना निरीक्षक (इन्सपेक्टर) लाई नायव उपरीक्षक (डिएसपी) मा बढुवा गर्न लागेको छ । बढुवा समितिको आज बिहानको बैठकले यस्तो सिफारिस गरेको हो ।

सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखामा कार्यरत होमबहादुर थापा रहेका छन् । त्यसपछि क्रमशः दिपेन्द्रकुमार पाल, किरणप्रसाद न्यौपाने, केशरबहादुर कार्की, दुदिमाया लामा, सन्तोषकुमार पोख्ररेल, महेश बस्नेत,देवबहादुर कुँवर छन् ।

गोविन्द पन्थी,विजय कुँवर,भरतबहादुर शाह, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, फणिन्द्र रानाभाट, मदनबहादुर कुँवर, नारायणबहादुर श्रेष्ठ, रामबहादुर चन्दलगायत अन्यको नाम पनि बढुवामा सिफारिस भएको समितिले जनाएको छ ।

FB_IMG_1658123159031

FB_IMG_1658123157056

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस