२०८१ भाद्र २६, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीको विवादित जग्गामा वडाध्यक्षलाइ अनावश्यक मुछेको काँग्रेसको ठहर

२०७९ भाद्र १२, आईतबार प्रकाशित ( साल अघि) ३७५ पाठक संख्या

कावासोती : नेपाली काँग्रेस कावासोतीले कावासोती वडा नम्बर ९ को दक्षिण तर्फ केरुङ्गे खोला संगै रहेको विवादित जग्गाका बिषयलाई लिएर सामाजिक संजालमा आएका टिप्पणीहरु प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेसले जग्गा संरक्षण संघर्ष समिति र जगगा दावी कर्ताहरु बिच भएको ववादमा अनावश्यक रुपमा वडा नम्बर ९ का वडा अध्यक्ष रिभरकुमार श्रेष्ठलाई मुछेको भन्दै त्यस प्रति आफ्नो आपत्ती रहेको जनाएको छ । सामाजिक र नैतिक रुपमा चरित्र हत्या हुने गरि सामाजिक संजाल मार्फत् गरिएका टिप्पणीहरु प्रति आफुहरुको आपत्ती रहेको भन्दै अनावश्यक रुपमा कसैको पनि चरित्र हत्या हुने गरि अमर्यादित टिप्पणी नगर्न काँग्रेसले सचेत गराएको छ ।

नेपाली काँग्रेस कावासोतीका सभापती सालिकराम ढकाल द्धारा हालै जारी प्रेस बिज्ञप्तिमा भनिएको छ ,“सो विवादित जग्गाका बिषयमा यस अघि तत्कालिन कावासोती ५ का वडा अध्यक्ष हरिप्रसाद वास्तोला नेतृत्वको छानविन समितिले प्रतिवेदन तयार गरि बुझाएपनि हाल समम नगरकार्यपालिकामा त्यो छलफलको बिषय नबन्नु आश्चर्यको बिषय हो , त्यसलाई यथाशिघ्र छलफलमा ल्याएर विवादको किनारा लगाउन जरुरी छ ।” उक्त विवाददित जग्गामा अस्थायी टहरा निर्माण गर्न खोज्दा वडाध्यक्षले ववादको टुङ्गो नलागे सम्म नबनाउन अनुरोध गरेको बिषयलाइ लिएर अनावश्यक टिप्पणी गरिएको ढकालद्धारा जारी बिज्ञप्तिमा उललेख छ ।

संघर्ष समितिका अध्यक्षलाइ सबै जानकारी गराएर वडाध्यक्षले आफ्नो जिम्मेवारी बोध गरि चलाएको अभियानलाई कमजोरीको रुपमा नलिन काँग्रेसले सचेत गराएको छ । बास्ताृला नेतृत्वको छानविन समितिले गत जेठ ५ सो जज्गाका कारेमा प्रतिवेदन बुझाएपनि आहिले सम्म नगरकार्यपालिकामा सो बारेमा छलफल नभएको काँग्रेसको दावी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस