चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाले ५६ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसमा माध्यमिक तह स्तरीय वादविवाद प्रतियोगिता गर्ने भएको छ ।
नगरको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा “साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण”भन्ने मुल नारा सहिद नगरको सम्पुर्ण माध्यमिक विद्यालयका विद्यार्थीहरु कम्तिमा १ छात्रा सहित बढीमा २ जना विद्यार्थी अनिवार्य सहभार्गी हुनु विद्यालयलाई अनुरोध गरेको छ ।
प्रतियोगि विद्यार्थीहरुलाई ३ वटा विषय मध्य कुनै एक विषय कार्यक्रम अगाबै तोकिने छ । जस्मा विद्यार्थीलाई मोबाईल वरदान कि अभिशाप,युवालाई रोजगार कि स्वरोजगार,धर्म सभ्यताको जननी कि रुढीबादी संस्कृति यी विषयमा आधारीत रहेर वादविवाद हुने छ ।
कार्यक्रम नगरपालिकाको सभाहलमा बिहान १० : ३० बजेबाट कार्यक्रम सुरु हुने बताईएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ४ हजार र प्रमाणपत्र, द्वितीयलाई ३ हजार र प्रमाणपत्र, तृतीय लाई २ हजार र प्रमाणपत्र र सान्त्वनालाई प्रमाणपत्र सहित जनही १ हजार २ जनालाई प्रदान गर्ने छ ।