चोरमारा । मध्यविन्दु नगरपालिकाले आगामी असोज २ गते अर्थात भोलिका लागि नगरक्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ ।
नगरपालिकाले थारु जातिको जितिया पर्वको अवसरमा आफ्नो नगर क्षेत्रमा भोलि आईतबारका लागि सार्वजनिक बिदा दिएको हो ।
पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा थारुहरुको बाहुल्यता भएको यस क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।