यामु कुमाल
कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरले चाडपर्व लक्षित गरि सुरक्षा चेकजाँचलाई कडा पार्ने भएको छ । चाडपर्वको मौका छोपी हुने घटनाहरुको नियन्त्रणलागि चेकजाँचलाई कडा पारिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।
मंगलबार प्रहरी कार्यालयमा आयोजित आउदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना अनुरुप अन्तरक्रिया कार्यक्रम सो कुरा बताउनु भएको हो । ट्राफिक नियमका पालना देखी लिएर अन्य चेकजाँच समेत बढाइने उहाँको भनाइ छ ।
प्रहरीले नियमित रुपमा जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउन काम गरिरहेको र यसलाई निरन्तरता दिदैँ चेकजाँचको कार्यलाई अलि कडा पार्ने प्रहरीको गस्तिलाई समेत थप बढाउने भएको छ । चेकजाँच सहित सिभिलमा प्रहरी खटाएर सूचनाहरु संकलन गर्ने , बिगतका घटनाको टेन्डलाई हेरी त्यस्ता क्षेत्रमा निगरानी बढाउने काम गरिने प्रहरीले जनाएको छ ।
प्रहरीको पहूँच कम भएका क्षेत्रहरुमा निगरानीकालागि प्रहरी परिचालन समेत गरिने छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था चुस्त राख्न , जुवातास रोक्न, नदिजन्य पदार्थको चोरी निकासी नियन्त्रण जस्ता काममा प्रहरी निरन्तर लागि रहेको प्रहरी नायव उपरीक्षक पाठकले बताउनुभयो । चाडपर्वका समयमा कतिपय मानिस घर खाली गरेर बाहिर जाने जस्ता कारणले चोरीका घटना हुने गरेका छन् ।
सामाजिक सञ्जालमा आफु घर बाहिर भएको लगाएतका गतिविधिको जानकारी दिँदा समेत कतिपय घटना घट्ने गरेका छन् । चाडपर्वका समयमा मादक पदार्थ सेवन गरि हो हल्ला गर्ने , अपराध जन्य कार्य गर्ने हुन सक्दछ । कुनै स्थानमा शान्ति सुरक्षामा खलल पुग्ने गरि घटना हुन लागेको जानकारी पाए आफ्नो नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरि सूचना दिन समेत प्रहरीले आग्रह गरेको छ ।