२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित ( साल अघि) ६९२ पाठक संख्या

कावासोती  ।  आउँदै गरेको दशैँतिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । कावासोती , डण्डा बसपार्क, गैंडाकोट र दुम्किबास लगायत क्षेत्रमा ट्राफिक, जनपथ प्रहरी, नागरिकको सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।

दशैँतिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको प्रहरीले जनाएको छ ।

बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने प्रहरी उपरीक्षक भुवनेस्वर तिवारिले बताए । उनले भने,“दशैँतिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिएका छन्, यस्तो समयमा यात्रुलाई कुनै पनि कुराको समस्या नहोस् भनेर हामीले सहायता कक्ष खोलेका छौँ, समस्या परे सहायत कक्षमा आएर सहयोग लिन सकिन्छ ।”

यात्रुहरू पुग्ने स्थान, सवारी साधनको अवस्था, भाडादर, समस्यामा परेकालाई सहयोग गरी गन्तव्यसम्म पुर्याउन यसले सहयोग गर्ने प्रहरी उपरीक्षक तिवारिले बताए ।
चाडबाडमा सवारीसाधन र यात्रुको भिड हुने हुँदा दुवै पक्षको व्यवस्थापन गरिने प्रहरीले बताएको छ । तेस्तै यात्रु सहायता कक्षको उद्घाटन  गर्दै प्रमुख जिल्ला अधिकारी सुमन गिमिरले नागरिक सहायता कक्ष प्रभावकारी र जनताले अनुभूति हुने गरी सञ्चालन हुनुपर्ने, राजमार्गदेखि ग्रामीण सडकमा पुगी यात्रुका समस्या खोजी सम्बोधन गर्ने गरी काम गर्न जिल्ला प्रहरी तथा ट्राफिक प्रहरीलाई आग्रह गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस