कावासोती । नवलपुरका अधिकांश स्थानको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
कावासोती २ शान्ति टोलमा एच.टि लाईनको पोल तथा तार बदलि गर्नु पर्ने भएकाले भोलि बिहान ९ बजेदेखी साझा ५ बजे सम्म विद्युत सेवा अवरुद्व हुने भएको हो ।
शान्ति टोलमा पुगेको क्षतिले नवलपुरका कावासोती, हुप्सीकोट , कोल्हुवा, चोरमारालगायतका स्थानमा विद्युत सेवा अवरुद्व हुने विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीले जानकारी दिएको छ ।