चौराहा । नवदुर्गा भवानीको विजय उत्सव सँगै दिव्य नवरात्री ब्रतमहोत्सव एवम् विजयादशमीको पावन उपलक्ष्यमा श्री नवदुर्गा भगवती मन्दिर मध्यविन्दु न.पा- ३ चौराहामा भव्य रुपमा मनाउने तयारी गरीएको छ । हरेक वर्ष झै यस वर्ष पनि चौराहामा “नवदुर्गा भवानीको विजय उत्सव” मनाउने तयारी तिव्र पारीएको दुर्गा मन्दिरका मूल आयोजक समितिले जनाएको छ ।
मध्यविन्दुको चौराहामा यहि आश्विन १० गते देखि १८ गतेसम्म चल्ने नवरात्र हाम्रा रिती रिवाज, परम्परा, दिव्य नवरात्री ब्रतमहोत्सव एवम् श्रीमद्देवी भागवत महापुराण (शक्ति कथा), धर्मीक भजन,संकृतन झल्कने खालका कार्यक्रम विच भव्य रुपमा मनाईन लागीएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टापेन्द्र सेन ठकुरीले जानकारी दिनुभयो ।
कामको सम्पुर्ण तयारी पूरा गरिएको छ । भोली अथार्त घट्स्थापनाको दिन बिहान ८ बजे कलश यात्रा गर्ने तयारी रहेको अध्यक्ष ठकुरीले जानकारी दिनुभयो । यस दुर्गा मन्दिरमा श्रीमद्देवी भागवत महापुराण भागवतलङ्कार पं. प्रमुख बाचकका रुपमा पण्डित श्रीबाल ब्यास राधा शरण काफ्ले रहेका छन् ।
बाल ब्यास राधाको मुखारविन्दबाट संगीतमय शैलीमा बाचन हुने र पुजा अवधीभर धार्मिक प्रवचन र भक्तिसंगित, सामुहीक रुद्री, ग्रहजप लगायतका कार्यक्रम गरिने समाजसेवि युवा नेता सुभाष नेपालले जानकारी दिनुभयो ।