२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

बैंक तथा बित्तिय संस्थाले लिएकाे चर्काे व्याज फिर्ता गर्न माग

२०७९ आश्विन १४, शुक्रबार प्रकाशित ( साल अघि) ४९६ पाठक संख्या

नवलपुर । नवलपुर उद्योग वाणिज्य संघ लगायतका नवलपुरका वाणिज्य संघहरुले बैंक तथा वित्तिय संस्थाहरुले हालै वृद्धि गरेको चर्को ब्याजदर फिर्ता लिन माग गरेको छ । त्यसैगरी हाल ऋणीहरुले तिरेको थप ब्याज फिर्ता पाउनु पर्ने माग समेत गरेको छ ।

आज ९बिहीबार० नवलपुर उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । त्यसैगरी जिल्ला प्रशासन कार्यालय मार्फत अर्थमन्त्री, मुख्यमन्त्रीको कार्यालय, नेपाल राष्ट्र बैंकमा समेत ज्ञापन पत्र बुझाएको नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले बताए ।

ज्ञापन पत्रमा देशका कोभिड १९ र रुस युक्रेन युद्धका कारण व्यापार व्यवसाय संकटमा परेको र साँवासमेत बुझाउन नसकिरहेको अवस्थामा गरिएको ब्याजदर वृद्धिले उद्योगी व्यवसायीहरु मारमा परेको उल्लेख गरिएको छ । नवलपुर उद्योग बाणिज्य संघ, देवचुली उद्योग बाणिज्य संघ, मध्यविन्दु उद्योग वाणिज्य संघ लगायतका वाणिज्य संघहरुले बिहीबार संयुक्त रुपमा नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस