२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणीमा पानीको बहाव उच्च भएपछि गण्डक बाँधका ३६ वटै ढोका खोलिए

२०७९ आश्विन २०, बिहिबार प्रकाशित ( साल अघि) ६७३ पाठक संख्या

कावासोती । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै थालेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका खोलिएको छ । दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो ।

गण्डक बाँधको ढोकाको चाँबी सधैँ भारतले राख्ने गरेको छ र  देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्रमा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलिएको हो । पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ ।

बिहान १० बजेको मापन अनुसार गण्डक ब्यारेजमा नारायणी नदीको पानी २ लाख ८६ हजार ८ सय क्युसेक मापन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो । गण्डक व्यारेजमा २ लाख ५० हजार क्युसेक जलसतह पुगे पछि चेतावनी र तीन लाख क्युसेक पुगे खतराको तह मानिन्छ ।

नारायणी नदिमा पानीको सतह बढेपछी प्रहरीले गैँडाकोट, मध्यविन्दुको कोल्हुवा र त्रिवेणी क्षेत्रमा सचेत रहन माइकिङ गरेको छ । गण्डक ब्यारेजमा पानीको सतह चेतावनीको तह पार गरेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । बिहान २२ वटा ढोका खोलिएकोमा पानीको सतह थप बढेसँगै १० बजेपछि सबै ढोका खोलिएको सूचना अधिकारी पाठकले जानकारी दिनुभयो ।

पानीको सहत बढ्दा त्रिवेणीबाट नदिको भाथिल्लो भेग कोल्हुवा, पिठौली, देखि गैंडाकोट सम्म पानीको सतह बढ्न गई डुबान हुने खतरा बढ्छ । यस कारण ब्यारेजका सबै ढोका खोलिएको हो । पानी ब्यारेजमा थुनिदा ड्याम फुट्ने जोखिम समेत उत्तिकै हुने गर्दछ ।

भारतिय पक्षसँग समन्वय गरि नेपाल र भारतर्फ पर्ने गण्डक ब्यारेजका सबै ढोका खोलिएको हो । नारायणी नदीमा पानीको सतह बढेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस