२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कांग्रेस नवलपुर क्षेत्र नं २ (ख) प्रदेश सचिव भण्डारीले राजिनामा दिए

२०७९ आश्विन २२, शनिबार प्रकाशित ( साल अघि) १५३० पाठक संख्या

कावासोती । चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धनलाई झट्का लागेको छ । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं २ (ख) प्रदेश सचिब रामचन्द्र भण्डारीले राजिनामा दिएका छन्।

२०४६ साल देखि निरन्तर पार्टी र नेपालको प्रजातान्त्रीक आन्दोलन, सत्याग्रहमा सामेल हुनु भएका भण्डारीले निष्ठावान कार्यकर्ताको रुपमा चिनिन्छन्।

क्षेत्रिय प्रतिनिधि , बि.पी अध्यान प्रतिष्ठान संघीय निर्वाचन क्षेत्र न; २ को क्षेत्रिय सभापति, नेबि सङका विद्यार्थी नेता समेत रहेका उनले राजिनामा दिएका छन् ।

भण्डारीको राजिनामाले मध्यविन्दु नगरपालिका, विनय त्रिवेणी गाउँपालिका लगायत क्षेत्र नं २ भरी प्रभाव पर्ने बताइएको छ । भण्डारीले कार्यकर्ताहरुको सम्मान र संरक्षणको लागि सडक देखि सरकारी कार्यालय र नेताको दैलो सम्म जुध्न र जुटन सक्ने परिश्रमी स्वभाबका जोदाहा युबा नेताको रुपमा परिचित भएकै कारण पार्टी पंक्ति देखि बिपक्षीहरु बीच पनि लोकप्रिय भएकाले उनि प्रति राजीनामाको सर्बत्र चासो पैदा भएको देखिन्छ।

भण्डारीले आफ्नो राजिनामा पत्रमा नेपाली काँग्रेसको प्रजातन्त्र, राष्ट्रियता, लोकतन्त्र, समाजबादको मूल्य मान्यता र आदर्श प्रति पूर्ण रुपमा निष्ठावान् रही वि.स २०४६ सालदेखि सदस्यता लिएको हुं । त्यस यता निरन्तर बिभिन्न तह र कमिटीमा काम गर्दै आएको छु ।

आजैका मितिबाट म नेपाली काँग्रेस को सम्पूर्ण पदिय जिम्मेवारी क्रियाशिल सदस्य ,साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको कुरा श्रीमान प्रदेश सभापति समक्ष अवगत गराउँदै मेरो खुसी राजीले कसैको करकाप धम्कि विना यो राजीनामा दिएको छु । उनले राजिनामा पत्रमा उल्लेख गरेका छन् । राजीनामा दिनुको कारण भने उनले पत्रमा खुलाएका छैनन् ।

Received_638976214501513

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%२%२%

प्रतिक्रिया दिनुहोस