कावासोती । अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एक सय ४४ घर डुबानमा परेका छन् ।
बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए ।
उनका अनुसार बाढीका कारण गैंडाकोटमा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन् ।