कावासोती । नवलपुरमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३ जनाले उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधि सभातर्फ २ जना र प्रदेश सभातर्फ १ जना गरी ३ जनाको मनोनयन दर्ता भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा दिउँसो १ बजेसम्म नवलपुर क्षेत्र नम्बर १ बाट गैंडाकोटका एकनाथ पोख्रेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । उहाँ नै मनोनयन दर्ता गराउनेमा जिल्लामा पहिलो हुनुहुन्छ ।
त्यस्तै नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट देवचुली १२ का तुलसीराम भुषालले मनोनयन दर्ता गराउनुभएको हो । त्यस्तै प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुर १ क बाट गैंडाकोटका राजेन्द्रप्रसाद उपाध्यायले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आज बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलले जानकारी दिनुभयो ।