कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले नवरपुर क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । नाराबाजीसहित उम्मेदवारी दर्ता गराउन नेता कार्यकर्तासँगै उनी उम्मेदवारी दर्ता गराउन पुगेका थिए नवलपुर क्षेत्र नम्बर १ मा उनको पक्षमा जनलहर बढ्दै गएको बताइन्छ ।
नेपाली कांग्रेस सहितको गठबन्धनबाट उम्मेदवार बनेका कोइरालाले आगामी निर्वाचन पछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका छन् ।
आईतबार उम्मेदवारी दर्ता पछि कोइरालाले आफुले तीन पटक चुनाव जितेको र यस पटक निर्वाचन जितेर आफू प्रधानमन्त्रीको दौड्मा रहने बताए ।