कावासोती । मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले नवलपुरका सबै क्षेत्रका नेकपा एमालेका ६ जनाले नै उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपुर १ मा कृष्ण पौडेल र नवलपुर २ मा तिलक महतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै प्रदेश सभा सदस्यका लागि नवलपुर १ (क) बाट रविन्द्र अधिकारी, १ (ख) मा रोशनबहादुर गाहा,२ (क) मा पद्मा जिसी श्रेष्ठ र २ (ख) मा लक्ष्मण पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
आज बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलले जानकारी दिनुभयो ।