कावासोती । नवलपरासी पश्चिम २ बाट नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेता कार्यकर्तासँगै उनी उम्मेदवारी दर्ता गराउन परासी पुगेका थिए । कँडेलले सत्तारूढ गठबन्धनको उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
२०७४ को चुनावमा कँडेलले वाम गठबन्धनका उम्मेदवार माओवादीका घनश्याम यादव अहिरलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।