कावासोती । आसन्न निर्वाचनमा नवलपुर निर्वाचन क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली काँग्रेसका नेता विष्णु कुमार कार्की र नेकपा एमालेका नेता तिलक महतबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यस क्षेत्रमा विभिन्न दल र एक स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि कूल १५ जनाले उम्मेदवारी दिएका छन् ।
कार्कीले केन्द्रिय निर्वाचन आयोग काठमाडौमा उम्मेदवारी दर्ता गरेका हुन् भने एमालेका तिलक महतले नवलपुरको कावासोतीमा आज उम्मेदवारी दर्ता गरेका हुन् ।
गत चुनाबमा पनि यि दुई उम्मेदवार बीचको भिडन्तमा नेकपा एमालेका तिलक महतले जीत निकाल्न सफल भएका थिए भने कार्की झिनो मतले उपबिजेता भएका थिए ।