कावासोती । नवलपुर निर्वाचन क्षेत्र न २ का माओवादी केन्द्रका उमेदवार बाल कृष्ण गैरेको उमेदवारी फिर्ता भएको छ ।
उम्मेदवारीको बिषयलाई लिएर दिउँसो हातपातको अबस्था सृजना भएको थियो । एमालेका कार्यकर्ताले धकालेपछि माओवादीका उम्मेद्वार बाल कृष्ण गैरे कालिगण्डकी अस्पताल कावासोतीमा भर्ना भएका छन् ।
त्यसैगरी नवलपुर निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा अन्तर्गत ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा माओवादी केन्द्रका बाल कृष्ण शर्मा , सागर पाठक र लाल बहादुर मल्ल रहेका छन । त्यसैगरी निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा तर्फ (क) मा उमेदवारी दिएका बिष्णु प्रसाद लामिछाने र चेतनाथ पोख्रेलले उम्मेदवारी फिर्ता गरेका छन् ।
त्यसैगरी नवलपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा तर्फ एक जनाको उमेदवारी फिर्ता भएको छ । मोहन आचार्य ले उमेदवारी फिर्ता गरेका हुन् । त्यसै गरि प्रदेश तर्फ “क” बाट सरोज कंडेल र “ख” बाट ठाकुर प्रसाद चापागाईंले उमेदवारी फिर्ता गरेका छन् ।