२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीको एकै गाउँका सयभन्दा बढीमा झाडापखाला र ज्वरो 

२०७९ आश्विन २८, शुक्रबार प्रकाशित ( साल अघि) ५९९ पाठक संख्या

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ पम्फापुरमा झाडापखालाको प्रकोप फैलिएको छ । एकै गाउँमा १ सय १० जनाभन्दा बढी मानिसमा झाडापखाला र ज्वरोको  समस्या देखिएको हो ।

के कारणले गाउँमा पखाला र ज्वरोको प्रकोप फैलियो भन्ने एकीन जानकारी नभए पनि दुर्गा पुजा विर्सजनको समयमा गाउँमा भएको भोजको कारण प्रकोप फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

बिरामीमध्ये गम्भीर भएकाहरुको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । गाउँमा एक्कासी बालबालिकादेखि वृद्धवृद्धासम्मकालाई झाडापखालाको प्रकोप फैलिएपछि नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको नगर प्रमुख धनपत यादवले बताए ।

‘के कारणले प्रकोप फैलियो भन्नेबारे स्वास्थ्यकर्मीहरु जाँचमा हुनुहुन्छ,’उनले भने,‘हाम्रो पहिलो प्राथमिकता उपचारमा भएकाले अस्थायी स्वास्थ्य शिविर गाउँमै स्थापना गरेर उपचारको व्यवस्था गर्दैछौं ।’

नगर प्रमुख यादवका अनुसार १३ जनाको उपचार भइरहेको छ भने सयभन्दा बढी गाउँमै औषधि सेवन गरेर बसेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस