कोल्हुवा । मध्यबिन्दु नगरपालिका वडां नं; ३ मा विधुतिय झड्का करेट् तारको ब्यबस्थापन गरिएको छ । वन्यजन्तु संरक्षण तथा मानव बस्ती सुरक्षाका लागि विधुतिय झड्का करेट् मसिन नयाँ ल्याईएको हो।
वडां नं; ३ का वडा अध्यक्ष मान बहादुर महतोका अनुसार पहिले मध्यवर्तिले निमार्ण गरेको विधुतिय झड्का करेट् तार मेसिन बिग्रिएकाले अहिले पुन नयाँ मेसिन ल्याएको बताउनुभयो ।
आहाराको खोजीमा जङ्गली जनावरहरु मानव बस्ती र किसानको खेतबारीमा आउने क्रम बढेकाले स्थानीयवासीले बारमबार पुन; सञ्चालनमा ल्याउन माग गरेका थिए ।
मध्यविन्दु नगरपालीका र वाडाबाट गरि १ लाख ५० हजारमा सो काम सम्पन्न भएको हो । आज ( शुत्रबार) ५ बजेबाट यो सञ्चालनमा आएको वडा अध्यक्ष महतोले बताउनुभयो ।
मध्यबिन्दु नगरपालिका मेयर भिमलाल अधिकारी, उपमेयर पुर्णकला चौधरी, जिल्ला समन्वय समिती सदस्य लोकनाथ अर्याल, वडा अध्यक्ष मान बहादुर महतो,विभिन्न संघ सस्थाका पदाधीकारी , समाजसेवि एवं स्थानीय बासीको सहभागीतामा सो मेसिन फिट गरिएको थियो ।
उक्त तारबारमा वन्यजन्तुको स्वास्थ्यलाई असर नपर्ने हिसाबले करेन्ट छाडिएको हुन्छ । करेन्टको झड्काले वन्यजन्तु खेतीयोग्य जमिनमा पस्न पाउँदैनन् । खेतीयोग्य जमिनमा वन्यजन्तुबाट हुने नोक्सानी रोक्न विद्युतीय तारबार प्रभावकारी मानिएको छ ।