पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । पोखरामा शुक्रबारदेखि शुरु भएको खेलमा गण्डकीले बागमती प्रदेशलाइपराजित गरेको थियो।
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेश समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा शुक्रबार भएको खेलमा बागमती प्रदेशलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश समूह ‘डी’ को विजेता बनेर क्वार्टरफाइनलमा पुगेको हो । यता, बागमती प्रदेश पनि क्वार्टरफाइनलमा पुगेको छ ।
गण्डकीले बागमतीलाई २५–२०, १५–२५,२५–१८ र २५–१३ को सेटमा हराएको हो । अब गण्डकीले क्वार्टरफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्ने छ । त्यस्तै बागमतीले समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
शनिबारको पहिलो खेल एपीएफ र गैरआवासीय नेपाली संघ एनआरएनए, दोस्रो खेल त्रिभुवन आर्मी र प्रदेश १ र तेस्रो खेल पुलिस र लुम्बिनी प्रदेशबीच हुने केन्द्रीय भलिबल सङ्घका सचिब श्रीधर शर्माले फोन मार्फत जानकारी दिनुभयो । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।