२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

सिटिजन्स बैकद्वारा कोल्हुवामा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

२०७९ आश्विन २९, शनिबार प्रकाशित ( साल अघि) १०५८ पाठक संख्या

कोल्हुवा । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडद्धारा सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रम मध्यबिन्दुमा सम्पन भएको छ ।

सिटिजन्स बैकको बार्षिक कार्यक्रम अन्तर्गत प्रविधिको बिकास आजको आवश्यकता भन्दै बैंकिङ डिजिटल प्रविधिको प्रयोगको बारेमा जानकारी दिने उदेश्यले मध्यबिन्दु २ को कुमारवर्ति माध्यामिक विद्यालय कोल्हुवामा आज कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सिटिजन्स बैंक अमरापुरीका साहयक शाखा प्रमुख सागर अर्यालको अध्यक्षतामा भएको थियो भने मध्यविन्दु नगरपालीकाका प्रमुख भिमलाल अधिकारी प्रमुख प्रमुख अतिथि रहनु भएको थियो ।

IMG 20221015 WA0044

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले अबको समय परिवेश संगै चल्नुपर्ने भन्दै डिजिटल प्रविधि समय सापेक्षिक भएकोले यसको ज्ञान पनि उतिकै आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले  विद्यार्थी जिवनबाट नै यसको ज्ञान भए ,पौसाको महत्व बुभिने , बचत सगै पैसाको सहि सदुपयोग हुर्ने बताउनुभयो ।

बिशेष अतिथी रहनुभएको वडा नं २ का वडा अध्यक्ष रामभक्त अधिकारीले डिजिटल प्रविधिको फाईदा संगै यसको प्रयोगमा जान्न अति आवश्यकता रहेको बताउँदै यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

IMG 20221015 WA0041

त्यस्तै बिशेष अतिथीरहनु भएको विद्यालयका प्रध्यानाध्यापक जनक के.सिले विद्याथी पढेर मात्र सफल नहुने भन्दै समय सापेक्षिक डिजिटल प्रविधिहरुका बारेमा पनि ज्ञान उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बिद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार , क्युआर कोणका बारेमा जानकारी गराइएको थियो । यसको प्रयोग कसरी गर्ने , प्रयोग गर्दा ध्यानदिनु पर्ने कुराहरुका बारे सिटिजन्स बैक अमरापुरीका साहयक शाखा प्रमुख सागर अर्यालले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजिकरण सोहि बैकका कोल्हुवा शाखा प्रमुख हरि प्रसाद अधिकारीले गर्नु भएको हो ।

IMG 20221015 WA0035

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक प्रसाद पोखरेल समाजसेवि , विभिन्न संघसस्थाका पदाधिकारी ,विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरु साथै सोहि बैंकिङका विभिन्न शाखाहरु अरुणखोला ,कोल्हुवा ,कावासोति ,धारापानी लगायत अमरापुरीका शाखाका कर्मचारीहरुको सहभागीतामा सम्पन्न भएको थियो  ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

IMG 20221015 WA0039

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%१%

प्रतिक्रिया दिनुहोस