२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको निर्वाचनमा २ हजार ४ सय बढी कर्मचारी खटिने

२०७९ आश्विन २९, शनिबार प्रकाशित ( साल अघि) ५५६ पाठक संख्या

कावासोती । मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमा नवलपुरमा २ हजार ४०० बढी कर्मचारी खटिने भएका छन् ।

नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा निर्वाचनका लागि २ हजार ४१६ कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए ।

निर्वाचन सम्पन्न गर्नका लागि हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित ८ जना कर्मचारी परिचालन हुने उनले बताए । जिल्लामा ११३ मतदानस्थल र ३०२ मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी परिचालन गरिने छ ।

२५० सम्म मतदाता भएका केन्द्रमा ६ जना र त्यसभन्दा धेरै मतदाता भएमा ८ जना कर्मचारी खटाउने योजनाअनुसार जिल्लाभर २ हजार ४१६ कर्मचारी परिचालन गरिने निर्वाचन कार्यालय प्रमुख भुसालले बताए ।

नवलपुरमा २५० भन्दा कम मतदाता भएको मतदान केन्द्र नरहेको उनले बताए । २५१ भन्दा धेरै मतदाता भएको केन्द्रमा ८ जना कर्मचारी परिचालन गरिने र आवश्यक परे मतदान अधिकृतले स्वयंसेवक खटाउन सक्ने उनले बताए । निर्वाचनमा परिचालन गरिने कर्मचारी जिल्लाका सरकारी कार्यालय, शिक्षक लगायतबाट पूरा गरिने उनले जिल्ला निर्वाचन कार्यालय प्रमुख भुसालले बताए ।

यसबाहेक नवलपुरमा २ वटासम्म अस्थायी मतदान केन्द्र हुने कार्यालय प्रमुख भुसालले बताए । जिल्लामा रहेका सुरक्षाकर्मी, कर्मचारीका लागि बढीमा २ वटासम्म अस्थायी मतदान केन्द्र निर्माणका विषयमा छलफल भइरहेको तर अझै टुंगो भने नलागेको उनको भनाइ छ । अस्थायी मतदान केन्द्रबाट संघीय समानुपातिकतर्फ मात्रै मतदान गर्न सकिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस