कोल्हुवा । नवलपुरको मध्यविन्दु- ३ चौराहामा अवस्थित नमुना नन्द भाउजु महिला बचत तथा ऋण सहकारी संस्थाको १६औ साधारणसभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष टीका कुमारी महतोको अध्यक्षतामा भएको उक्त सभामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले सभा उद्घाटन गर्दै सहकारी क्षेत्रको जगेर्ना गर्न सके आमजनताको जीवनस्तर उकास्न सहज हुने बताउनुभयो ।
सहकारीले स्थानीय दिदीबहिनीको स्तरमा मात्र नभई देशको आर्थिक समृद्धी र बेरोजगारी समस्या समाधानका लागि ठुलो सहयोग भएको अधिकारीले बताउनुभयो ।
साधारण सभामा बोल्ने बक्ताहरुले सहकारी संस्थाले थोरै थोरै छरिएर रहेको पुजीलाई एकत्रित गरि साना तथा लघु उद्यम ब्यबसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नका लागि सहयोगी भएको कुरामा जोड दिएका थिए ।
आर्थिक सबलीकरण नभै कुनै पनि क्षेत्रको बिकास हुन नसक्ने भएकाले बचत तथा ऋण सहकारीले बिपन्न समुदायका मानिसहरुलाई बचत गर्न उत्प्रेरित गर्नुका साथै आत्मनिर्भर बन्नका लागी पनि सहयोगी भएको बक्ताहरुको भनाई रहेको थियो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाकि उपप्रमुख पुर्णकला चौधरी, अध्यक्ष टिकाकुमारी महतो , नगर सहकारी शाखा प्रमुख बिष्णु प्रसाद शर्मा , वडाअध्यक्ष मान बहादुर महतो , जिल्ला सदस्य युवा सोरोजगार प्रितम भुजेल , जिल्ला बचत सघका बद्रीनाथ नेपाल , राष्ट्रिय सहकारी बैकका प्रवन्धक रुकम्त श्रेष्ठ , बह्मा बचत सहकारीका अध्यक्ष काशी राम पाठक, पूर्वअध्यक्ष देवी घिमिरे , संस्थापक अध्यक्ष रमा पराजुली , सल्लाहकार बिष्णु कुमारी भट्टराई ,
लेखा सुपरीवेक्षण समितिका संयोजक तुलसी महतो र शेयर सदस्यहरु,बचत कर्ताहरुको उपस्थितिमा रहेको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष टीका कुमारी महतोले अध्यक्षको प्रतिवेदन र संस्थाको इतिहासबारे प्रकाश पार्नुभएको थियोे । कार्यक्रम सञ्चालन संस्थाकी व्यवस्थापक मुना ढकालले गर्नुभएको हो । सहकारीमा १३ सय बढी सदस्य रहेका छन् । सभामा विगत वर्षमा झैँ छनोटमा परेका सदस्यहरूलाई जेष्ठनागरिक, अधिक बचत कर्ता, बालबचत कर्ता, असल ऋणि, एसईईमा राम्रो नम्बर ल्याउने विद्याथीहरुलाई सम्मान गरेको थियो ।
त्यस्तै संस्थाको १६औं अधिवेशनबाट तारा देवी पाण्डे वाग्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बिष्णु घिमिरे , सचिवमा कौशिला कुमारी महतो, कोषाध्यक्षमा कृष्ण कुमारी महतो सहित सदस्यहरु निर्वाचित भएका छन् ।