२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मतदातासँग आशिर्वाद थाप्दै उम्मेदवार विष्णु कुमार कार्की

२०७९ आश्विन ३१, सोमबार प्रकाशित ( साल अघि) १२४८ पाठक संख्या

कोल्हुवा । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरु सक्रिय भएका छन् । आफ्ना चुनावी एजेन्डा लिएर भेटघाट गरिरहेका उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रहसहित मतदातासँग आशिर्वाद लिन थालेका हुन् ।

मतदाताको असन्तुष्टि सुन्दै चहाना अनुसार काम गर्ने प्रतिबद्धतासहित  उम्मेदवारहरू टोलटोल पुग्न थालेपछि चुनावी रौनक बढेको छ । वडावासीसँग भेटघाट तथा सम्पर्क कार्यालय स्थापना कार्यक्रमको सिलसिलामा पुगेका तीन नै जना उम्मेदवारसहितको टोलीले जनतासँग भोट माग्दै जनताका गुनासा र समस्या पूरा गर्ने वाचा गरेका हुन् ।

टोलीले आज वडा १,२ ,३ र ४ को विभिन्न टोलमा पुगेर भेटघाट तथा सम्पर्क कार्यालय स्थापना कार्यक्रम सम्पन्न गरेको छ । जनता भेटघाटका लागि घर-घरमा पुगेका उम्मेदवारसहितको टोलीलाई टोलवासीले न्यानो आतिथ्यताका साथ भारी मतले जिताउने वचन दिएका छन्।

Received_655192842800623

भेटघाटकै क्रममा नवलपुर निर्वाचन क्षेत्र न; २ का प्रतिनिधि सभाका सदस्य पदका उम्मेदवार बिष्णु कुमार कार्कीलाई कतिपय वृद्धा आमाहरुले शिरमा हात राख्दै ‘पहिलेदेखि नै सहयोग गर्दै आइरहनुभएकोमा अब फेरी धेरै मतले विजयी भई जनताको मनमा बस्ने गरी काम गर्नु’ भन्दै आशिर्वाद दिएका थिए । आशिर्वाद लिँदै कार्कीसहित उम्मेदवारको टोलीले निर्वाचित भएपछि जनताले छिट्टै महशुस गर्ने गरी काम गर्न उत्सुक भएको प्रतिक्रिया दिए ।

Received_836314504214857

भेटघाटकै क्रममा केहीले त ’हाम्रो भोट हजुरहरुलाई नै हो, दुःख पाउनु पर्ने थिएन’ भनेका थिए । जवाफमा कार्कीले ’यसरी भेटघाट गर्दा आत्मियता बढ्ने बताए ।’ लामो समयदेखि विकासको पर्खाइमा रहेका मतदाता निर्वाचनपछि विकासको ढोका खुल्ने र सोचेअनुसारको विकास हुनेमा आशावादी छन् । भेटघाटमा रहेका उम्मेदवारले पनि भनेजस्तो  जनप्रतिनिधिको अभावले मतदातामा निकै निराशा देखिएको बताएका छन् ।

‘लामो समयदेखि मतदाताको घरघरमा पुगेर साक्षात्कार गरिरहेको छु, उहाँहरूको कुरा सुन्दै आशिर्वाद लिइरहेको छुु, गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बिष्णु कुमार कार्कीले भने, ‘मतदाताको चाहना धेरै ठूलो छैनन्, आधारभूत पूर्वाधार पनि निर्माण हुन नसकेका कारण मतदाता निराश छन् । अव्यवस्थित बसोबास, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, कृषिलगायतका समस्याबाट गुज्रिरहेका मतदाताले निर्वाचनपछि यस्ता समस्याको समाधान खोजेका बिष्णु कार्कीले बताए । मतदातामा देखिएको निराशालाई गम्भीरताका साथ लिएको भन्दै  कार्कीले त्यसबाहेक समृद्ध समाजका निम्ति थुप्रै योजना आफूले मतदातालाई सुनाएको बताए ।

FB_IMG_1666031672906

मतदाताको गुनासो र समस्या सुनेको छु, त्यसलाई पूरा गर्ने प्रतिबद्धतासहित आफ्ना एजेन्डा राखेको छुु, कार्कीले भने, ‘त्यसैले पनि मतदाता निकै खुसी छन्, निर्वाचनप्रति उत्साहित छन् । अब मतदातालाई निराश बनाउनु हुदैन । नवलपुरको समृद्धिका लागि तयार गरिएका एजेन्डाबाहेक नागरिकले भोग्नु परेका समस्या अबका दिनमा अन्त्य हुनुपर्छ । चुनावी अभियानका क्रममा नागरिकले भोग्नु परेका समस्याबारे अझ बढी जानकार हुने मौका पाएको भन्दै कार्कीले त्यस्ता समस्या तत्काल समाधान गर्ने योजना अघि सानुपर्ने बताए ।

चुनावको मिती नजिकिंदै जाँदा यतिबेला मध्यविन्दुमा भेटघाट कार्यक्रमलाई सक्रियताका साथ अघि बढाएको छ। भेटघाटका क्रममा वडावासी जनताले देखाएको हार्दिकता र आत्मियता देख्दा निर्वाचित भएर छिटो जनताको सेवामा लाग्न आतुर भएको अन्य उम्मेदवारहरुले बताएका छन् ।

FB_IMG_1666031689625

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%१%

प्रतिक्रिया दिनुहोस