२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा बन्ने ‘सिग्नेचर ब्रिज’को ठेक्का आह्वान

२०७९ कार्तिक २, बुधबार प्रकाशित ( साल अघि) ८६४ पाठक संख्या

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवन र नवलपुर जोड्ने नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान भएको छ । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरी आज ठेक्का आह्वान गरिएको हो ।

अब हाल रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान गरिएको छ । बहुप्रतिक्षित सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बधाई दिनुभएको छ ।

नारायणी नदीको पुल निकै पुरानो भइसकेको छ । अहिलेको पुलमा जुनसुकै समयमा ठूलो दुर्घटना हुनसक्ने भन्दै नयाँ पुल निर्माणका लागि पटकपटक नगरिक स्तरबाट दबाब दिँदै आइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस