कोल्हुवा । मध्यविन्दुमा वडास्तरिय पुरुष भलिबल खेल सम्पन्न भएको छ । मध्यविन्दु ३ रतनपुरमा जारी वडा स्तरिय पुरुष भलिबल तर्फको उपाधि लेढाले हात पारेको छ ।
नेपालीहरूको महान चाड शुभदिपावलि तथा छठ पर्बको उपलक्ष्यमा न्युस्टार युथ क्लबले आयोजना गरेको तेस्रो साबिक वडास्तरिय पुरुष भलिबल खेल सोमबार सम्पन्न भएको हो । पुरुष भलिबल खेलमा मध्यविन्दु २ कोल्हुवा द्धितिय र मध्यविन्दु ३ रतनपुर र रतवलले तृतिय स्थान हासिल गरेको छ ।
भलिबल प्रतियोगिताको सम्पन्न फाइनल खेलमा कोल्हुवा र लेढा बिच भएको खेलमा कोल्हुवालाई ३-० सेटमा हराउदै लेढा बिजय भएको हो । जितसँगै लेढाले नगद पुरस्कार ४० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । यस्तै उपविजेता कोल्हुवाले नगद पुरस्कार २५ हजारसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । त्यस्तै तृतिय स्थानका रतनपुर र रतवलले भने १०/१० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका हुन् ।
समापन कार्यक्रमको प्रमुख अतिथि रहनुभएका केन्द्रीय भलिबल सङ्घका सचिब श्रीधर शर्माले ग्रामीण क्षेत्रमा लुकेर रहेका भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै समग्र खेल क्षेत्रकै विकासमा योगदान पु¥याउने भन्दै खेलाडीलाई प्रतिभा देखाउने अवसर मिलेको बताए । उनले भने, ‘मध्यविन्दुले पहिला पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ । भलिबल खेलमा बीचमा केही सुस्तता आए पनि अहिले स्थानीय तहहरूले भलिबललाई पुनः जगाउने प्रयास थालेका छन्। यो निकै सराह्रनीय काम हो।’
क्लबका अध्यक्ष दिनेश खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि श्रीधर शर्मा, गैसस महासंघ अध्यक्ष बद्री नाथ नेपाल , पुर्ब रजिस्ट्रार पदम लाल चौधरी , वडा सदस्य योग मान धामी , समाजसेवि युवा नेता सुभाष नेपाल लगायतले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।