२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

शिक्षा ऐन जारी हुन्छ : डा.कोईराला

२०७९ कार्तिक ७, सोमबार प्रकाशित ( साल अघि) ६७३ पाठक संख्या

घनश्याम बगाले

नवलपुर ।  नेपाली काग्रेसका बरिrष्ठता नेता तथा पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का संघीय उम्मेदवार डा.शशांक कोईरालाले प्रस्ताबित संघीय शिक्षा ऐन जारी गरि छाड्ने बताउनु भएकोछ।

डा।कोईरालाले सोमबार नेपाल शिक्षक संघ कावासोती द्वारा दिपावलि,छठ, तथा नेपाल संम्वत लगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना एवं चियापान कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डा.कोईरालाले आंफू पनि २० वर्ष शिक्षण पेशामा लागेको बताउदै शिक्षकका हक हितका सवालमा पार्टी र सरकारलाई खवरदारी गरिरहने छु भन्नू भयो ।

वहांले चालीस वर्षसम्म हुन नसकेको नेपाली कांग्रेसको एक पहाडी जिल्लाको अधिबेशन केही दिनमै सकेर संगठनलाई चलायमान बनाएको अनुभव सुनाउदै जुन कार्य शिक्षक संघकै अहम भूमिकामा संम्भव भएको बताउनु भयो ।

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले शिक्षण सेवामा रहेको बर्गिकरणको चर्चा गर्दै सबै शिक्षकहरूका सेवा सुबिधामा राज्यले समान ब्यबहार गर्नुपर्ने बताउनु भयो । वहांले आशन्न निर्वाचनमा शिक्षकहरूले जुन सुकै भूमिकामा रहेर पनि लोकतन्त्रको पक्षमा गठबन्धनका प्रस्तावित उम्मेदबारलाई जिताउन आग्रह गर्नु भयो।

यसै गरि नेपाल शिक्षक संघ नवलपुर जिल्ला अध्यक्ष चुडामणी कंडेलले शिक्षकहरूका बीचमा थुप्रै समस्याहरू रहेकाछन् भन्नू हुँदै ५ वर्षको कार्यकाल सकिनै लाग्दा पनि संघीय सरकारले शिक्षकको एक थान शिक्षा ऐन जारी गर्न नसक्नु बिडम्बना हो भन्नू भयो ।

कार्यक्रममा गठबन्धनका प्रदेश ख उम्मेदवार लोक प्रसाद भूर्तेल,कांग्रेस नगर सभापति शालिकराम ढकाल, शिक्षक संघका जिल्ला क्षेत्र तथा नगर समितिका पदाधिकारी लगायत उपस्थित शिक्षकहरूले शुभकामना दिनु भएको थियो ।

संघ तथा प्रदेश समानुपातिक उम्मेदवार बिना कुमारी थनेत, एकनारायण अधिकारी समेतको उपस्थिती रहेको शुभकामना तथा चियापान कार्यक्रम शिक्षक संघ नगर अध्यक्ष फणिन्द्र पौडेलको सभापतित्व तथा शिक्षक ऋषि तिवारीको संचालनमा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस