कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कात्तिक १६ गते साधारणसभा गर्ने भएको छ ।
संस्थाले ९औ वार्षिक साधारणसभा गर्न लागेको हो । बुधबार बसेको बैठकमा साधारणसभा गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।
सभा कोल्हुवा खानेपानी संस्थाको मुख्य कार्यालय परिसरमा हुने भएको छ ।
सभा १६ गते बुधबार बिहान करिव ११ बजेबाट सुरु हुने कोल्हुवा खानेपानीका अध्यक्ष श्रीधर शर्माले बताउनुभयो ।
साधारण सभामा पेस हुने प्रस्तावहरु:-
१) आर्थिक वर्ष २०७८/७९ को आम्दानी खर्च अनुमोदन सम्बन्धमा
२) अध्यक्ष ज्युको प्रतिबेदन तथा भाबी योजना सम्बन्धमा
३) आर्थिक वर्ष २०७९/८० को बजेट , योजना तथा कार्यक्रम सम्बन्धमा
४) कोल्हुवा खानेपानी संस्था र कोल्हुवा खानेपानी बहुउद्देश्य सहकारी संस्थाको मर्चको प्रक्रिया सम्बन्धमा
५) बिबिध