२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

आफ्नै साथीको हत्या गर्ने गैंडाकोटका सुरेश कुमाल पक्राउ

२०७९ कार्तिक १३, आईतबार प्रकाशित ( साल अघि) ४४७ पाठक संख्या

चितवन । गैडाकोट नगरपालिका–७ का सुरेश कुमाल आफ्नै साथीको हत्या आरोपमा शनिवार पक्राउ परेका छन् । शुक्रबार राती साढे १० बजे माडीका जीवन नेपालीलाई निजकै कोठामा कुमालले हत्या गरे ।

माडी नगरपालिका–४ घोसरीस्थित नेपालीको घरमा मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि गैँडाकोटका कुमालले नेपालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

१० वर्ष अगाडि पनि कुमालले आफ्नै हजुरआमा र काकीको समेत हत्या गरेका थिए । उक्त घटनाको अभियोगमा उनलाई नवलपरासी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर जन्मकैदको सजाय पाएका कुमालले गएको असोज ३ गते अर्थात् संविधान दिवसको अवसरमा कैद मिनाहा पाए ।

कैद मिनाहा पाएर जेलबाट छुटेको दुई महिना पनि नपुग्दै उनले फेरि साथीको हत्या गरेका हुन् । उनले कसुर स्वीकार पनि गरिसकेका छन् । जबरजस्ती करणीको मुद्धामा दोषी ठहर भई जेल जीवन भोगिरहेका नेपाली र कुमालबीच भिमफेदी कारागार मकवानपुरमा रहँदा चिनजान भएको थियो ।

नेपाली केहि समय पहिले नै जेलबाट छुटेका थिए । कारागारमा रहँदादेखि चिनजान भएका उनीहरु कैद मिनाहा पश्चात कुमाल पनि नेपालीकै घरमा बस्न थाले । गतराती साथीहरु संगै बसेर मदिरा सेवन गर्दा विवाद भयो ।

विवाद पश्चात कुमालले धारिलो हतियार खुकुरीले नेपालीको पछाडिबाट टाउकोमा पटक–पटक प्रहार गरि रुद्रघण्टी समेत रेटेर विभत्स हत्या गरे । हत्या पश्चात कुमाल घटनास्थलदेखि ५० मिटरको दुरीमा पर्ने रुपा नेपालीको घरमा गई कानको लोती चुडिनेगरि रिङ समेत लुटेर घाँटी थिचेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी विजयराज पण्डित जानकारी दिए ।

माडी नगरपालिका–३ वसन्तपुर स्थित भित्रि सडकखण्डमा शंकास्पद रुपमा लुकीछिपी हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय माडीले कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस